दैलेख : घाँस काट्दै गर्दा भिरबाट लडेर एक जनाकाे मृत्यु, एक जना घाइते

 साउन १, २०७८ शुक्रबार २०:२५:३२ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लड्दा अर्का  एक जना घाइते भएका छन् । भिरबाट लडेर  भगवतीमाई गाउँपालिका वडा नम्बर ४ की १७ वर्षीया टीका बीसीको ज्यान गएको हो ।

स्याउली पाखामा घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसँगै भिरबाट खसेर टीका बीसीको ज्यान गएको प्रहरीले जनाएको छ । ढाड र टाउकोमा चोट लागेकी रोशनीलाई उपचारका लागि सुर्खेत लगिएको छ ।

गाईवस्तुलाई घाँस काट्न भिरमा जाने गर्दा दैलेखमा बर्सेनि केहीले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।   

अन्तिम अपडेट: चैत २९, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया