म्यानमारमा सैन्य 'कु' विरुद्धको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिए : संयुक्त राष्ट्रसङ्घ

 साउन २, २०७८ शनिबार १२:४८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संयुक्त राष्ट्र सङ्घले म्यानमारमा भएको आन्दोलनका क्रममा ७५ जना बालबालिका मारिएको जनाएको छ । गएको  फेब्रुअरीदेखि म्यानमारमा सैनिक शासनविरुद्ध भएको आन्दाेलनका क्रममा ती बालबालिका मारिएका राष्ट्र सङ्घीय बाल अधिकार समितिलाई उदृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ ।

एक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र सङ्घले म्यानमारमा जननिर्वाचित सरकार अपदस्थ गरेर सेनाले सत्ता हातमा लिएसँगै भएको आन्दोलनका क्रममा एक सयभन्दा बढी बालबालिका सुरक्षाकर्मीले हिरासतमा लिएको पनि जनाएको छ सैनिकको कुटपिटका कारण धेरै बालबालिका मारिएका प्रतिवेदनमा दाबी गरिएको छ ।

सैनिक कारबाहीका क्रममा देशभरका स्वास्थ्य संस्था, विद्यालय र अन्य सरकारी संरचनाहरुमा ठूलो क्षति भएको प्रतिवेदनमा भनिएको छ । सेनाले अझै पनि बालबालिकालाई झुटा मुद्दा लगाएर पक्राउ गर्ने क्रम नरोकिएको प्रतिवेदनले औँल्याएको छ ।

लामो समयको आन्दोलनका कारण म्यानमारमा आउने दिनमा ४० हजारभन्दा धेरै बालबालिका कुपोषणको सिकार हुने पनि राष्ट्र सङ्घले जनाएको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया