नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित

 साउन ३, २०७८ आइतबार १२:४३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आजको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएको छ ।  

च्यासलमा रहेको तुलसी स्मृति भवनमा अहिले बैठक बसिरहेको छ । बैठकमा नेपाल पक्षलाई पनि बोलाइएको थियो । तर बैठकमा नेपाल पक्षका कुनै नेता सहभागी भएका छैनन् । यसअघि शुक्रवारको बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थिएन । एमालेले आउँदो २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।

आजै प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्छ । देउवालाई विश्वासको मत दिने/नदिनेबारे नेपाल समूह छलफलमा छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया