प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

 साउन ३, २०७८ आइतबार १४:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो ।

नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने विश्वास व्यक्त गर्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । माओवादी केन्द्रसँग ५३ जना सांसद रहेकोमा सभामुख अग्निप्रसाद सापकोटाले मत दिन पाउनुहुन्न भने लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीले दल परिवर्तन गरेको भन्दै माओवादी केन्द्रले हटाइसकेको छ । अहिले माओवादी केन्द्रका ४८ जना सांसद छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया