‘बाँदर धपाउन कुकुर लिएर आउनुस्’

 साउन ५, २०७८ मंगलबार १५:५८:४८ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुपाल्चाेक – बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङले ‘बाँदर धपाऔँ बालिनाली बचाऔँ’ अभियान सुरु गर्ने भएको छ । वडाले हरेक घरधुरीबाट एक जनासहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।  

वडा कार्यलयले आज मङ्गलवार एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान सुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिनुभयो । 

बाँदर नियन्त्रणका लागि एक पटक अभ्यास गर्न लागिएको उहाँले जानकारी दिनुभयो । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया