गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफ्नो पक्षमा थप सांसद आउने निष्कर्ष निकालेको छ । नेपाल पक्षका सांसदहरूको आज मङ्गलवार बसेकाे बैठकले आफूहरूले उठाएका माग र मुद्दा स्थापित हुँदै गएकाले केपी शर्मा ओली पक्ष छाडेर अझै धेरै सांसद आउने निष्कर्ष निकालेको हो ।
आफूहरूकाे माग र मुद्दा जनमत र सर्वोच्चले पनि सही साबित गरिदिएको, आफूहरू झनै बलियो भएको र सत्यको बाटोमा हिँडेको पुष्टि भएको नेता विरोध खतिवडाले जानकारी दिनुभयो । आफूहरूलाई स्पष्टीकरण सोध्ने ओली समूहको निर्णय मिडिया खपतका लागि मात्रै आएको र आफूहरूलाई कतैबाट पनि स्पष्टीकरणको पत्र नआएको उहाँले बताउनुभयो ।
यस्तै सांसद मेटमणि चौधरीले केही सांसद र नेताले नयाँ पार्टी गठनको सुझाव दिएको र कानुन र संविधानअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा तयारी थालिने बताउनुभयो । अबको १५/२० दिनभित्रै आफूहरू केन्द्रीय कमिटी र संसदीय समितिमा बहुमतमा पुग्ने र केपी शर्मा ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएर एमालेलाई नयाँ संरचनाबाट एकताबद्ध बनाउने विषयमा पनि बैठकमा छलफल भएको सांसद चौधरीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।