वीपी काेइराला बहुमुखी प्रतिभाका धनी : प्रधानमन्त्री देउवा

 साउन ६, २०७८ बुधबार १९:२१:३८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइराला बहुमुखी प्रतिभाका धनी हुनुहुन्थ्यो भन्नुभएको छ । 

पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ३९ औँ स्मृति दिवसका अवसरमा आज बुधवार नेपाली कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक समाजवाद गाउँस्तरसम्म स्थापित गर्ने वीपीको सोच पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । 

लोकतान्त्रिक मूल्य मान्यताको स्थायित्वका लागि वीपीले गर्नुभएको सङ्घर्षबाट सबैले पाठ सिक्नुपर्नेमा सभापति देउवाले जोड दिनुभयो । 

कार्यक्रममा सांसद एवम् समाजवादी चिन्तक प्रदीप गिरीले नेपाललाई लोकतान्त्रिक समाजवादी देशको रूपमा स्थापित गर्ने वीपीको सपना अझै पूरा हुन नसकेको उल्लेख गर्नुभयो । वीपीको सोचअनुसारको लोकतान्त्रिक समाजवादी नेपाल निर्माण गर्न सके निम्न वर्गका मानिसको पनि जीवनस्तर उकास्न सकिने उहाँको भनाइ थियो ।

वीपी स्मृति दिवसकै अवसरमा सुन्दरीजलमा रहेकाे वीपी सङ्ग्रहालयमा रहेको वीपी कोइरालाको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको थियो । नेपालमा फैलिइरहेको नयाँ भेरियन्टसहितको कोरोना जोखिमलाई ध्यान दिँदै भौतिक दुरी कायम गरी सीमित व्यक्तिका बीच कार्यक्रम गरिएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया