भारतमा किसान आन्दोलन : आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्ने

 साउन ७, २०७८ बिहिबार ९:४५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् ।

संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो । त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो । अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् ।

दश महिना पहिला पारित भएको कृषि कानुनप्रति असन्तुष्टि जनाउँदै किसानले विरोध प्रदर्शन गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया