माधव नेपालकाे चेतावनी : ‘आफ्नाे घरकाे माया सबैलाई हुन्छ तर अपमान सहेर बसिन्न’

 साउन ७, २०७८ बिहीबार १४:१८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर नबस्ने चेतावनी दिनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाण्डौको चम्पादेवीमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान र कुकर्म सहेर नबस्ने चेतावनी दिनुभयो । 

नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको तर आम कार्यकर्ताको चाहनालाई कसैले रोक्न नसक्ने नेता नेपालको भनाइ छ । 

उहाँले अध्यक्ष केपी शर्मा ओलीले घरको बार्दलीबाट धारे हात लगाउने र कार्यकर्तालाई बाँदर जुलुस निकाल्न लगाएर नाटक मञ्चन गरेको आरोप पनि लगाउनुभयो । पार्टीलाई आफ्नो मुठ्ठीमा मात्रै राख्न खोज्ने, तानाशाही प्रवृत्ति देखाउने र म नै सर्वेसर्वा हो भन्ने नेतृत्वले गर्दा एमाले यो अवस्थामा पुगेको नेता नेपालको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया