दाङमा १० किलो चरेससहित दुई जना पक्राउ

 साउन ७, २०७८ बिहिबार १४:५०:० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङमा झन्डै १० किलाे चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ निसी खोलाका २१ वर्षीय सुदिप सिंजाली मगर र बाग्लुङ बरिगाडका ३० वर्षीय रेमबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग दाङकाे धान खाेलामा रहेकाे एक हाेटलबाट नाै किलाे नाै सय ३० ग्राम चरेससहित पक्राउ गरिएकाे प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे । 

हरियो रङ्गकाे भिर्ने झोलाभित्र सेतो प्लास्टिकले बेरेर राखेको अवस्थामा २० वटा इँटा आकारको लागुऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ । होटलमा चरेसको कारोबार भइरहेको भन्ने सुराकी पाएपछि प्रहरीले छापा मारेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया