सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान गर्न कार्यकारिणी समितिका सबै सदस्यको सनाखत गर्ने भएको छ ।
आधिकारिकताको विवाद समाधानका लागि आयोगको इजलासले साउन ११ गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी बनेकै बखतका ५१ जनालाई आयोगमा उपस्थित गराएर सनाखत गराउने निर्णय गरेको हो । ५१ जनामध्ये जसको पक्षमा बहुमत छ उसैलाई आधिकारिकता दिने आयोगको तयारी छ ।
यसअघि नै आफूसँग बहुमत दाबी गरेको उपेन्द्र यादव पक्षले सर्वोच्चको फैसलापछि पाँच जना सदस्य आफूतर्फ आएकाले सजिलै बहुमत पुग्ने जनाएको छ । नेता मोहम्मद इस्तियाक राईले आफ्नो पक्षमा ३३ जना सदस्य रहेको दाबी गर्नुभएको छ । अब आयोगले आफूलाई मान्यता दिने भएकाले ठाकुर समूहले या विगतका गल्तीलाई आत्मालोचना गरेर बस्नुपर्ने या अर्कै पार्टी खोल्नुपर्ने अवस्था आउने राईको भनाइ छ ।
महन्थ ठाकुर पक्षले पनि बहुमतको दाबी गर्दै आएको छ । आयोगले जसपा विवादबारे टुङ्गो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।