कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु

 साउन ८, २०७८ शुक्रबार ११:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा सुरु भएकाे बैठक महाधिवेशनमा केन्द्रित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो  ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति छ । आज पदाधिकारीबीच सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ । प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टी बैठक नगर्ने भनेपछि आज बूढानीलकण्ठमा बैठक राखिएको हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया