तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - चीनले अमेरिकी केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रतिबन्धको सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस पनि रहनुभएको छ । पूर्वमन्त्री रससहित अमेरिकाका सात नागरिक र निकायमाथि प्रतिबन्ध लगाइने चीनले जानकारी दिएको छ ।
अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो । हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेकाे चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो ।
जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ । चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस–चाइना इकोनोमिक एण्ड सेक्युरिटी रिभ्यु कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटका एडम किङ पनि रहेका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने टिप्पणी गर्नुभएको छ । बिग्रँदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न उपविदेश मन्त्री सेरमन चीन जान लाग्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।