‘विप्लव’ र ‘बादल’बीच भेटवार्ता

 साउन ९, २०७८ शनिबार १९:२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ ।

बादलको निवास जोरपाटीमा भएको भेटमा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागि थिए । आजै विप्लव र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच पनि दिउँसो भेटवार्ता भएको थियो । विप्लवले पछिल्लो समय सबै दलका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: साउन ४, २०७९

तपाईको प्रतिक्रिया