अमेरिकाले अरू देशसँग समान व्यवहार गर्न सिकेन : चीन

 साउन १०, २०७८ आइतबार १५:१३:६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चीनका विदेश मन्त्री वाङ्ग यीले कुनै देश अरूभन्दा ठूलो नभएको र चीनले यसलाई स्वीकार नगर्ने बताउनुभएको छ । 

अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मनको दुई दिवसीय चीन भ्रमण आज आइतवारदेखि सुरु भएका बेला चिनियाँ विदेश मन्त्रीको यस्तो भनाइ आएको हो । 

यसअघि चीनले अमेरिकी विदेश अर्थ मन्त्री विल्बर रोससहित केही अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाइसकेको छ । 

चीनका विदेश मन्त्री वाङ्ग यीले दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तको चेङ्गदुको आयोजित चीन–पाकिस्तानका विदेश मन्त्रीको तेस्रो चरणको रणनीतिक वार्ताका क्रममा यस्तो बताउनुभएको हो । 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले उप विदेश मन्त्री वेन्डी शर्मनको चीन भ्रमणलाई आफ्नो सहयोगीको सल्लाहपछि लिइएको निर्णय बताउनुभएको जवाफमा चिनियाँ विदेश मन्त्रीको यस्तो भनाइ आएको हो । 

अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको थियो, ‘यो बैठक दुई देशको सम्बन्धलाई जिम्मेवारीसँग सम्हाल्ने र चिनियाँ अधिकारीसँग स्पष्ट कुराकानी गर्ने कोसिसको हिस्सा हो ।’

अमेरिकाले सधैँ अरूमाथि आफ्नो शक्ति (जसलाई ऊ आफैँ दाबी गर्छ) बाट ‘कृपा’ को रूपमा दबाब बनाउने गरेको वाङ्ग यीले आरोप लगाउनुभएको छ । वाङ्गले भन्नुभयो, ‘यस्तो कुनै देश छैन जो अरूभन्दा ठूलो होस् र यस्तो हुनु पनि हुँदैन । म अमेरिकी पक्षलाई यो कुरा भन्न चाहन्छु ।’

चीनले यस्तो सोच राख्ने देशलाई कहिल्यै स्वीकार नगर्नेमा पनि विदेश मन्त्री वाङ्ग यीले जोड दिनुभएको छ । यदि अमेरिकाले अन्य देशसँग समान व्यवहार गर्नुपर्छ भन्ने नसिके उसलाई यो सिकाउने जिम्मा चीनको भएको र त्यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिने उहाँले बताउनुभयो ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया