मेलम्ची बाढीपहिरो प्रभावितको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– माग पूरा गर्न सकारात्मक छु

 साउन ११, २०७८ सोमबार १२:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मेलम्ची बाढीपहिरो प्रभावितले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाका प्रभावितले केहीबेर अघि बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।

मेलम्चीका बाढी प्रभावित सागरकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले तत्काल बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने, नदीलाई पुरानै धारमा फर्काउन पहल गनुपर्ने, बाढीमा पुरिएका घर र खेत जोगाउन माटो व्यवस्थापन गनुपर्ने, बाढीले व्यवसाय गुमाएका व्यवसायीलाई क्षतिपूर्तिको प्याकेजको व्यवस्था गर्नु पर्ने, ऋण मिनाहा र ब्याजमा सहुलियतको व्यवस्था गर्नुपर्ने, किसान, उद्योगी, विद्यार्थी र व्यापारीका लागि अल्पकालीन र दीर्घकालीन राहत प्याकेज र हेलम्बु र मेलम्चीमा बेलिब्रिजको व्यवस्था गर्न लगायत माग राख्दै १० बुँदे ज्ञापनपत्र बुझाएका हुन् । 

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले बाढीपहिरो प्रभावितको माग पूरा गर्न आफू सकारात्मक रहेको बताउनुभयो । सिन्धुपाल्चोकको मेलम्चीमा गएको असार १ गते आएको बाढी पहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा धेरै क्षति भएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया