सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो, एक जना घाइते

 साउन ११, २०७८ सोमबार १५:१३:० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीकाे आक्रमणबाट अर्का एक जना घाइते भएका छन् ।

हरिवन नगरपालिका वडा नम्बर ४ की ६२ वर्षीया तेतरी खातुन धुनियाको ज्यान गएको जिल्ला वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवले जानकारी दिनुभयो । आज साेमवार बिहान विवाह कार्यक्रममा जाँदै गर्दा उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको हो ।

यस्तै हात्तीको आक्रमणबाट सर्लाहीकै वाग्मती नगरपालिकामा एक जना घाइते भएका छन् । उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।    

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया