कर्मयोगी बद्रीविक्रम स्मृति पुरस्कार स्वर्गीय जीवनचन्द्र कोइराला र हरि मञ्जुश्रीलाई

 साउन १२, २०७८ मंगलबार ८:२४:३६ | रासस
unn.prixa.net

काठमाण्डौ - यस वर्षको ‘कर्मयोगी बद्रीविक्रम स्मृति पुरस्कार–२०७८’ साहित्यकारद्वय स्वर्गीय जीवनचन्द्र कोइराला र हरि मञ्जुश्रीलाई प्रदान गरिएको छ । 

कर्मयोगी बद्रीविक्रम थापाको स्मृतिमा गुठीले आइतवार आयोजना गरेको कार्यक्रममा गुठीका अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले यस पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ रहेको छ । त्यसैगरी ‘बद्रीविक्रम चरित्र निर्माण पुरस्कार–२०७८’ ललितपुरमा रहेकाे हिन्दु विद्यापीठका विद्यार्थी सीमित पोखरेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रुपैयाँ रहेको छ 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गुठीद्वारा प्रकाशित ‘जीनवचन्द्र कोइराला : व्यक्ति एक व्यक्तित्व अनेक’ र ‘सेवा नेपाल’ (वार्षिक मुखपत्र) विमोचन गर्दै बद्रीविक्रम थापाको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो ।

त्यही अवसरमा संस्कृतिविद् जोशीले  बन्द्रीविक्रम थापा राष्ट्रको हितमा काम गर्ने राष्ट्रिय व्यक्तित्व भएको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया