प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

 साउन १२, २०७८ मंगलबार ११:३६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहान ९ बजेतिर प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार जानु भएको थियो । 

भेटमा मन्त्रिपरिषद् विस्तार लगायत समसामयिक विषयमा छलफल भएको छ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद सकिएकाले मन्त्रिपरिषद् विस्तारबारे उहाँहरुबीच कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । 

जसपाले केही दिनभित्रै सरकारमा सहभागी हुने तयारी गरेको छ । यसअघि प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नु भएको थियो । नेता नेपाललाई भेट्न प्रचण्ड उहाँकै निवास कोटेश्वर पुग्नु भएको थियो । भेटमा प्रचण्डले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गर्नु भएको बुझिएको छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया