राष्ट्रपति भण्डारीद्वारा दुई प्रदेश प्रमुख पदमुक्त

 साउन १२, २०७८ मंगलबार २०:२२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गण्डकी प्रदेश प्रमुख सीताकुमारी पाैडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएकाे छ । 

मन्त्रिपरिषद्को आज मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष प्रस्ताव गरेकाे थियाे । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे हाे । 

राष्ट्रपति भण्डारीले संविधानकाे धारा १६५ काे उपधारा १ काे खण्ड ख बमाेजिम पाैडेल र यादवलाई पदमुक्त गर्नुभएकाे राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा भनिएकाे छ । 

मन्त्रिपरिषद्ले गण्डककाे प्रमुखमा गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गरेको छ । 

यी दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया