भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेका ४० राँगा बरामद

 साउन १३, २०७८ बुधबार ७:३५:१९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको सुरुङ्गा नगरपालिका-१० मा रहेकाे बलान खोलाबाट प्रहरीले लाखौँको अवैध राँगा बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सप्तरी प्रहरीले झण्डै १ लाख ६० हजार मूल्य बराबरको ४० वटा राँगा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले बलान खोलाको पश्चिमी किनाराबाट राँगा बरामद गरेकाे हाे । 

बरामद गरेका राँगालाई थप अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको  प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया