सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने

 साउन १३, २०७८ बुधबार ८:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल गर्न आज सत्तारूढ गठबन्धनको बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ ।

जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागकेको हो । तर एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सरकारमा सहभागी हुने नहुने अन्यौल भएकाले कसरी विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।

प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । गठबन्धनमा आबद्ध दलहरुले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिएका छन् । नेपाल समूहलाई सरकारमा सहभागी गराउन कुर्ने र सहभागी हुने नहुने निश्चित भएपछि भागबण्डामा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया