टोकियो ओलम्पिकमा जापानलाई उछिन्दै चीन शीर्ष स्थानमा

 साउन १४, २०७८ बिहिबार ११:३९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकमा जापानलाई उछिन्दै चीन फेरि शीर्ष स्थानमा पुगेको छ । यसअघि शीर्ष स्थानमा रहेको जापान भने तेस्रो स्थानमा झरेको छ । चीनले अहिलेसम्म १४ स्वर्णसहित २९ पदक जितेको छ।

यस्तै १३ स्वर्णसहित ३६ पदक जितेको अमेरिका दोस्रो स्थानमा छ । १३ स्वर्णसहित २२ पदक जितेको जापान भने तेस्रो स्थानमा धकेलिएको छ । टोकियो ओलम्पिकमा अहिलेसम्म ३७ देशले स्वर्ण पदक जितेका छन् ।

रसियन ओलम्पिक कमिटी र अस्ट्रेलियाले सात/सात स्वर्ण जितेका छन् । यस्तै, बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले तीन/तीन स्वर्ण जितेका छन्  ।

 यस्तै नेदरल्यान्ड्स, इटली, क्यानडा, हङ्गेरी, स्लोभानिया, क्रोएसिया र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् । त्यसैगरी, स्विट्जरल्यान्ड. रोमानिया, ब्राजिल लगायतका २१ राष्ट्रले एक/ एक स्वर्ण जितेका छन् । 
   

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया