अमिताभ बच्चनले शहीद परिवार र किसानको ऋण मिनाहाका लागि गरे ४ करोड रुपैयाँ दान

 भदौ १३, २०७५ बुधबार १८:७:५९ | एजेन्सी
unn.prixa.net

बलिउडका महानायक अमिताभ बच्चनले चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को  १०औं सिजनको पत्रकार सम्मेलनमा शहीद परिवारलाई एक करोड भारतीय रुपैयाँ अर्थात एक करोड ६० लाख नेपाली रुपैयाँ दान गर्ने बताएका छन् ।

७५ वर्षीय अभिनेताले आफूले शहीद परिवारका लागि केही गर्न चाहिरहेको  र त्यसका लागि यसै हप्ताको सोमबार उनलाई सरकारका तर्फबाट ४४ शहीद परिवारको सूची प्राप्त भएको थियो । ती शहीद परिवारको हेरचाहका लागि अमिताभले १ करोड ६० लाख रुपैयाँ वितरण गरिसकेको बताएका छन ।

बच्चनले भारतीय किसानहरुले ऋणले थिचिएर गर्ने आत्महत्याले आफू निकै दुखी भएको बताए । त्यसैले किसानहरुको सहायतास्वरुप उनीहरुको ऋण मिनाहका लागि डेढ करोड भारतीय रुपैयाँ अर्थात २ करोड ४० लाख नेपाली रुपैयाँ दान समेत गर्ने बताएका छन ।

बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चनले शहीद परिवार तथा किसानहरुको सहयोगका लागि ४ करोड रुपैयाँ दान गरेर आफू फिल्मका मात्रै नभै वास्तविक जीवनमा पनि महानायक भएको कुरा सावित गरिदिएका छन् ।

अमिताभ बच्चनले केही दिनअघि केरलका बाढीपीडितका लागि ५१ लाख भारतीय रुपैयाँ सहयोग गरेका थिए ।


 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया