तीन करोड ८७ लाख थान सिम कार्ड जारी, इन्टरनेटका ग्राहक दुई करोड ७७ लाख

 साउन १४, २०७८ बिहिबार १४:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी भएका छन् । 

नेपाल टेलिकमबाट एक करोड ९७ लाख, एनसेलबाट एक करोड ६३ लाख र स्मार्ट सेलबाट २३ लाख ३३ हजार सिम जारी भएका छन् ।   

ल्यान्ड लाइनसहित नेपाल टेलिकमका ग्राहक दुई करोड आठ लाख रहेका छन् । समग्रमा भ्वाइस सेवातर्फ तीन करोड ९५ लाख ५२ हजार सेवाग्राही रहेको र याे कुल जनसङ्ख्याको झन्डै एक सय ३१ प्रतिशत हुने दूरसञ्चार प्राधिकरणले जनाएको छ । 

यस्तै इन्टरनेटका ग्राहक पनि दुई करोड ७७ लाख पुगेका छन् । यसमध्ये दुई करोड १२ लाख ग्राहक मोबाइल इन्टरनेटका रहेका छन् भने ६४ लाख १९ हजार ग्राहक इन्टरनेट सेवा प्रदायकका आईएसपीका रहेका छन् । मोबाइल इन्टरनेटतर्फ फोर जी सेवाका ग्राहक ७६ लाख ६४ हजार रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया