काठमाडौं–ताप्लेजुङ हवाई भाडा वृद्धि

 जेठ १९, २०७५ शनिबार ७:३५:४३ | रासस

ताप्लेजुङ, जेठ १९ – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले काठमाडौं–ताप्लेजुङको हवाई भाडा वृद्धि गरेको छ । 

यसअघि पाँच हजार ३ सय ३० रुपैयाँ भाडादर रहेकामा अहिले एक हजार ८ सय ६५ रुपैयाँ बढाएर सात हजार १ सय ९५ रुपैयाँ भाडादर कायम गरिएको निगमका ताप्लेजुङ इञ्चार्ज विकास राईले जानकारी दिनुभयो ।
एक्कासि वृद्धि भएको भाडादर यही जेठ १६ गतेदेखि लागू भएको छ । निगमको केन्द्रीय कार्यालयबाट नै नयाँ भाडादरसहितको परिपत्र आएको राईले बताउनुभयो । 

ताप्लेजुङको सुकेटार विमानस्थलबाट हरेक हप्ता बुधबार र शुक्रबार काठमाडौँ उडान भर्दै आएको निगमको उडान भने यही जेठ ८ गतेदेखि स्थगित छ । प्राविधिक कारण देखाउँदै स्थगित उडान जेठ २३ गतेदेखि नियमित गरिने बताइएको छ । 

यस वर्ष भने बर्खामा उडान स्थगन नहुने बताइएको छ । यसअघि असारदेखि तीन महिनासम्म वर्षायामले समस्या हुने जनाउँदै उडान स्थगन हुँदै आएको थियो । अहिले विमानस्थल कालोपत्रे भएकाले पनि वर्षायाममा नरोकिने राईको भनाइ छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया