एक/दुई दिन लगातार ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

 साउन १५, २०७८ शुक्रबार ८:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । प्रदेश-१, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । तर, छोटो समयका लागि मात्रै ठूलो वर्षा हुनेछ । 

अबको केही दिन लगातारजसो ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्यूनचापीय रेखा तराईको भूभागबाट टाढा रहेकाले लगातार ठूलो वर्षा हुने सम्भावना केही दिनलाई छैन ।

तर, पूर्वी ​वायुको प्रभावका कारण बादल लाग्ने र हल्कादेखि मध्यम खालको वर्षासँगै छोटो समयमा लागि केही ठाउँमा ठूलो वर्षा हुन सक्छ । यस्तै, आज राति प्रदेश-१, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा छोटो समयका लागि ठूलो वर्षा हुने अनुमान रहेको मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया