फ्रेन्च राष्ट्रपति म्याक्रोन र डेनिश प्रधानमन्त्री रासमुसेन साइकलमै सरर...

 भदौ १३, २०७५ बुधबार १९:३३:१८ | एजेन्सी
unn.prixa.net

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन र डेनमार्कका प्रधानमन्त्री लार्स लोके रासमुसेनले बुधबार डेनमार्कको राजधानी कोपेनहेगनमा झण्डै एक घण्टा साइकल यात्रा गरेका छन् । 

मंगलबार दुई दिने राजकीय भ्रमणमा डेनमार्क आइपुगेका फ्रेन्च राष्ट्रपति म्याक्रोन र डेनिश प्रधानमन्त्री रासमुसेनलगायतका अधिकारीहरु साइकलमै कोपेनहेगन सहर घुमेका थिए । डेनमार्कका प्रधानमन्त्री रासमुसेन साइकलप्रेमी प्रधानमन्त्रीका रुपमा परिचित छन् । 

भेटका अवसरमा फ्रेन्च राष्ट्रपतिले सन् २०२० वा २०२१ को टुर डी फ्रान्सको सुरुवात कोपेनहेगनबाट हुने पनि खुलासा गरे । विश्वकै लोकप्रिय र सबैभन्दा ठूलो साइकल रेसको सुरुवात प्राय फ्रान्सभन्दा बाहिरबाट हुने गर्दछ । सन् २०१९ को साइकल डी टुर बेल्जियमको ब्रसेल्सबाट सुरु हुनेछ । 

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया