एमसीसी सभाबाट अनुमाेदन नै भएकाे छैन, कसरी कार्यान्वयन हुन्छ ? : नेता रावल

 साउन १५, २०७८ शुक्रबार १४:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेस गर्न सरकारसँग माग गर्नुभएको छ । 

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरि संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिनुभयो । उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरीत रहेको, नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको हित विपरीत रहेकाले त्यसलाई संशोधन नगरि अघि बढाउन नमिल्ने बताउनुभयो ।

उपाध्यक्ष रावलले भन्नुभयो, एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेस गर्नुपर्दछ । नागरिकले त्यस सम्झौतामा उल्लेख भएका सबै विषय थाहा पाउनुपर्दछ । प्रतिनिधि सभाका प्रत्येक सदस्यले त्यो थाहा पाउनुपर्ने अधिकार छ । त्यहाँ भएका नेपालको हित, स्वाधीनता, स्वतन्त्रता, स्वभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिका प्रावधान परिवर्तन नभइ त्यो सम्झौता गरियो भने राष्ट्रघात हुनेछ । नेपाली नागरिकले विगतमा पनि असमान सन्धिका कारण बेहाेर्नुपरेकाे पीडाको फेरप पुनरावृत हुनेछ । त्यसका रहेका सम्झौता संशोधन गरेर मात्रै पारित गर्नुपर्दछ ।

उपाध्यक्ष रावलले विकासका नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनै पनि देशलाई सुम्पिन नसकिने अडान दोहोर्‍याउनुभयाे । नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाइन्छ तर त्यो हाम्रो संविधान र स्वतन्त्र परराष्ट्र नीतिअनुसार हुनुपर्दछ भन्दै उपाध्यक्ष रावलले याे सम्झौतामा राखिएका कतिपय प्रावधान नेपालको हितमा नरहेको पटक–पटक दोहोर्‍याउनुभयाे ।  

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया