चैतभित्र सबै नागरिकलाई खाेप लगाइन्छ : स्वास्थ्य मन्त्रालय

 साउन १५, २०७८ शुक्रबार १९:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो चैत मसान्तसम्ममा कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिक खोपको पहुँचमा पुग्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराउनुभएको हो ।

प्रवक्ता पौडेलले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको पनि जानकारी दिनुभएको छ ।

कोभ्याक्स सुविधामार्फत चीनले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्तभित्र उपलब्ध हुने र भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै १२ वर्षमाथिका बालबालिकालाई फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार आड सय ५० डोज खोप प्राप्त भइसकेको छ ।  

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया