खोप अभियान व्यवस्थित र अस्पतालमा पूर्वाधार बढाउने सरकारको तयारी

 साउन १८, २०७८ सोमबार ८:३९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले खोप अभियानलाई व्यवस्थित बनाउने तथा कोरोनाको सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको पूर्व तयारी गर्ने काम भइरहेको जनाएको छ । सबै जिल्लाहरुमा क्रमशः खोप पुर्याउने काम भइरहेको र पालिकाहरुलाई व्यवस्थित रुपमा खोप वितरण गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले सबैले खोप पाउने भएकाले आफ्नो पालोमा मात्रै खोप लगाउन जान आग्रह गर्नुभयो । खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने सरकारको तयारी छ ।

सम्भावित तेस्रो लहरको जोखिमलाई ध्यान दिँदै अस्पतालहरुमा पूर्वाधार बढाउने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यसअघि ल्याइएका भेन्टिलेटर सञ्चालनको लागि जनशक्ति व्यवस्थापन र तालिम दिने काम भइरहेको पनि उहाँले बताउनुभएको छ ।

यस्तै सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनुअघि नै आवश्यक स्वास्थ्य उपचार तयारी तथा होल्डिङ सेन्टर निर्माण, सीमा नाकामा खोपको व्यवस्था र सरकारी अस्पतालमा अक्सिजनको पर्याप्त सुविधा मिलाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ ।

खाेप अभियान व्यवस्थित र तेस्रो लहरको रोकथामको तयारीबारे कोरोना क्याप्सुल सुन्नुहोस् ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया