नयाँ बसपार्कबाट मात्रै सार्वजनिक बस सञ्चालन गर्ने काठमाण्डौ महा...
मंसिर ८, २०८१ शनिबार
सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिकामा रहेको प्रसिद्ध छिन्नमस्ता खण्डेश्वरी भगवती मन्दिरमा चोरी भएको चाँदीकाे मुकुट फेला परेको छ । प्रहरीले आइतवार रातिदेखि मन्दिरबाट हराएको चाँदीकाे मुकुटसहित एक जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले विष्णुपुर गाउँपालिका-५ मझाउ टोलका २६ वर्षीय राजेश कुमार मण्डललाई मुकुटसहित नियन्त्रणमा लिइएको बताउनु भएको छ । मण्डलले आफूले मुकुट चाेरेको स्वीकार्दै विष्णुपुर गाउँपालिका तथा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएका थिए ।
मण्डललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा लगिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।
मन्दिरका पुजारीहरु पोखरीको सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको थियाे । घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो ।
चाँदीको मुकुटको खोजीका लागि भारतीय सीमानाका समेत बन्द गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।