म एमालेमै छु : विमला वली

 साउन १८, २०७८ सोमबार १९:३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

रुपन्देही – लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीले आफू एमालेमै रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरूले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएको केही समयपछि वलीले विज्ञप्ति निकालेर आफू सूर्य चिह्नबाट चुनाव लडेकाले पार्टी विभाजन भए पनि एमालेमै बस्ने निर्णय गरेको बताउनुभएको हो ।

विपक्षी दलहरूले प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा वलीसमेत गरी ४१ जना सांसदको समर्थन रहेको उल्लेख थियो । तर वलीले आफू एमालेमा रहेकाे बताएसँगै विपक्षी दलसँग बहुमत नपुग्ने भएको छ ।  यसअघि नेकपा पार्टी छँदा सूर्य चिह्नबाट चुनाव जित्नुभएकी वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेको बताउनुभएको थियो ।

वलीले निकाल्नुभएको विज्ञप्तिमा प्रदेश सभामा रहँदा सुरुमा पार्टीप्रति केही गुनासा र अविश्वास भए पनि ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमाले पार्टी र एमाले प्रदेश सभा संसदीय सदस्यको रूपमा रहने प्रतिबद्धता जनाउनुभएको छ ।

दाङ क्षेत्र नम्बर ३ ख की सांसद वली एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको निधन भएपछि उपचुनावमा निर्वाचित हुनुभएको हाे ।

लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका सभामुखसहित १९ जना, जनता समाजवादी पार्टीका तीन जना र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् । विमला वली एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेश सभाको बहुमत नपुग्ने देखिएको छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया