दाङमा अत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ

 साउन १९, २०७८ मंगलबार ११:४६:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - देउखुरीको कालाकाटेबाट प्रहरीले अत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ का करमुल्हाल आमिर र राजा खान रहेका छन् ।

उनीहरुको साथबाट अत्याधुनिक पेस्तोल, त्यसमा लाग्ने दुई वटा म्याग्जीन र दुई राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया