इजरायलमा नेपाली श्रमिक र रोजगारदाताबीचको सम्बन्ध :  ‘बुवा आमा र छोराछोरीको जस्तो’

 साउन १९, २०७८ मंगलबार १३:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

आकर्षक गन्तव्य मानिएको इजरायलमा अहिले एक हजार जनालाई रोजगारीको अवसर आएको छ । नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार, इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको काम गर्न बैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ । अनमी, सीएमए वा केयर गिभिङको तालिम लिएकाहरुले यो काममा लागि निवेदन दिन पाउँछन् । सरकारी तवर बाटै श्रमिकहरू जाने भएकाले काम र कार्यस्थलका हिसाबले नेपालीको मुख्य श्रम गन्तव्य देशको तुलनामा इजरायलको रोजगारी सुरक्षित र आकर्षक छ । मासिक कमाइ पनि राम्रो छ । इजरायलको श्रम बजारमा नेपाली श्रमिकले गर्नु पर्ने काम, नेपाली श्रमिकको सुरक्षा र थप रोजगारीको सम्भावनाबारे इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यसँग सन्जिता देवकोटाले गर्नुभएको कुराकानी ।

आकर्षक मानिएको इजरायलको श्रम बजारमा लामो समयपछि सरकारी तवर बाटै नेपाली श्रमिकका लागि रोजगारीको अवसर कसरी सम्भव भयो ?

लगभग एक दशक जति नै इजरायल रोजगारी बन्द भयो । म यहाँ राजदूत भएर आएपछि नेपाली दूतावासमार्फत पहल थाल्यौँ । मैले नेपालबाट रोजगारीका लागि श्रमिकहरू आउन पाउनु पर्‍यो भन्दै यहाँका सम्बन्धित निकायसँग निरन्तर लबिङ गर्दै गएँ ।

नेपालको वैदेशिक रोजगार विभागजस्तै यहाँको पपुलेशन, इमिग्रेसन एण्ड बोर्डर अथ्योरिटी (पीबा)सँग हामीले आग्रह गर्‍यौँ । यहाँको परराष्ट्र मन्त्रालयसँग कुरा राख्यौँ । उहाँहरूलाई मनाउन निकै गाह्रो भयो । लामो समयसम्म हाम्रै कारणले अर्थात् पारदर्शी नभएका कारण इजरायलले नेपालबाट श्रमिक ल्याउन रोकेको थियो । 

इजरायलीहरूले पनि नेपालीलाई अत्यन्तै मन पराउँछन् । यहाँको वातावरण, कानुन र सुरक्षा एकदमै राम्रो छ । यस कारण पनि इजरायललाई राम्रो गन्तव्यको रूपमा लिन सकिन्छ ।

अझ महिलाहरूका लागि त इजरायल स्वर्ग जस्तै ठाउँ हो भन्न रुचाउँछु म त । यहाँ महिलाहरूको लागि हक अधिकार तथा स्वतन्त्रता एकदमै राम्रो छ । हामीले इजरायललाई हेर्ने नजर अलिकति फरक गर्नुपर्छ कि भन्ने मलाई लागेको छ ।

हो, नेपालमा छँदा इजरायल भनेपछि युद्ध भूमि, बम बारुद जस्तो तस्बिर बसेको हुन्छ । खास इजरायल कस्तो देश हो, त्यहाँको हावा पानी, चालचलन र रहनसहन कस्तो छ ?

म पनि यहाँ आउनुभन्दा पहिले तपाईँले भन्नुभए झैँ सोच्थेँ । तर यहाँ आइसकेपछि धेरै परिवर्तन पाएँ । इजरायल युरोप अमेरिका जस्तो देश हो । यो कस्मोपोलिटिएन (धेरै देशका नागरिक भएको) सिटी छ । यहाँ विभिन्न संस्कृति देख्न पाइन्छ । स्वतन्त्रता छ । विकास अग्र गतिमा छ । यहाँको कानुन श्रम मैत्री छ ।

उहाँहरूको सम्बन्धलाई आमाबुवा र सन्तान भनेर नामकरण नै गरेको छु । श्रमिकलाई पनि छोराछोरीलाई जस्तो माया गरेको देख्छु । 

यहाँ रोजगारीमा आउनेहरू कुनै पनि हकहितबाट वञ्चित हुन पर्दैन । यहाँको सरकार तथा यहाँका नागरिकहरू फेरि एकदमै राम्रा हुनुहुन्छ । अरू देशबाट आएकाहरूसँग पनि आफन्त झैँ व्यवहार गर्नुहुन्छ । यहाँ उचनीचको व्यवहार गरेको पाइँदैन । कुनै पनि कामलाई ठुलो सानो भनेर व्यवहार गरेको पाइँदैन ।

यहाँ केयर गिभिङको काम गरिरहनुभएका नेपाली दिदीबहिनीहरुले कहिलेकाहीँ ८०/९० वर्षका रोजगारदातालाई लिएर आउनुहुन्छ । मैले उहाँहरूलाई भेट्ने गरेकी छु । उहाँहरूलाई भेट्दा मैले अनौठो प्रेम पाएकी छु । मैले त उहाँहरूको सम्बन्धलाई आमाबुवा र सन्तान भनेर नामकरण नै गरेको छु । श्रमिकलाई पनि छोराछोरीलाई जस्तो माया गरेको देख्छु । 

हिले भर्ना प्रक्रियामा पारदर्शिता अपनाउन सक्यौँ र हामीले यसलाई राम्रो ढङ्गले लिन सक्यौँ भने कोटा अझै बढ्न सक्ने सम्भावना छ ।

यसको भूभाग मिडिलइस्टमा पर्ने भएकाले त्यही नजरले हेर्ने गरेको छ । तर इजरायल एकदमै विकसित देश हो । यो यहुदी देश हो ।  

अहिले सहायक कामदारको रूपमा एक हजार जनालाई लैजाने भनेर रोजगारीको लागि आवेदन मागिएको छ । त्यहाँ आएपछि  कस्ताे काम गर्नुपर्ने हुन्छ ? 

एक हजार सहायक कामदार जो आउँदै हुनुहुन्छ, उहाँहरूले नर्सको अन्तर्गतमा रहेर काम गर्नुपर्ने हुन्छ । उहाँहरूलाई पूर्णतया इजरायल सरकारले नै ल्याउने हो । त्यसैले इजरायल सरकारको मातहतमा उहाँहरूले काम गर्नुहुन्छ । केयरिङ सेन्टर, डे केयर सेन्टर र अस्पतालहरूमा उहाँहरूले काम गर्नुपर्ने हुन्छ । उहाँहरू पुरै सुरक्षित रहनुहुन्छ ।

यहाँको सरकारी मातहतमा रहेका अस्पताल तथा केयर सेन्टरमा काम गर्नुहुनेछ ।

सुरुमा पाँच सय जनाको माग आएको थियो । पछि दूतावासले थप पहल गरेपछि सङ्ख्या बढाएर एक हजार पुर्‍याएको हो । हामीले अहिले भर्ना प्रक्रियामा पारदर्शिता अपनाउन सक्यौँ र हामीले यसलाई राम्रो ढङ्गले लिन सक्यौँ भने कोटा अझै बढ्न सक्ने सम्भावना छ ।

इजरायलले नेपालबाट मात्र नभएर अरू देशबाट पनि श्रमिक लिइरहनुभएको छ । दीर्घ रोगी र वृद्ध वृद्धको सेवाको लागि उहाँहरू आउनुहुने हो । सुरुमा सहयोगी कामदार भनेर सीटीईभीटीबाट तीन महिनाको ‘केयर गिभिङ’को तालिम लिएकाहरूलाई लिने भन्ने कुरा भएको थियो ।

तर नर्स पढ्न चाहने र नर्स हुन नपाएका र अनमी तथा सीएमए पढेकाहरूले त्यो अवसर पाउनुहुनेछ र यहाँको सरकारी मातहतमा रहेका अस्पताल तथा केयर सेन्टरमा काम गर्नुहुनेछ ।

केयर गिभिङको काम भनेपछि हिंसा पो हुने हो कि, कस्तो व्यवहार होला भन्ने शङ्का र डर पनि छ कतिपयलाई ? यो काममा हिंसा वा श्रम शोषणको सम्भावना कतिको छ ?

तपाईँ यो सोच्नुहोस् कि इजरायलमा रहेको नेपाली दूतावासमा कसैले हिंसा गर्‍यो भनेर आजसम्म कुनै गुनासो आएको छैन । अझ रोजगारदाताहरुले नै यति धेरै सहयोग गर्नुहुन्छ कि, कामदारको हकहितको लागि पहलसमेत गर्नुहुन्छ । यस्तै महिलाहरूको लागि इजरायल झनै सुरक्षित छ ।

जीटूजी प्रक्रियामा सञ्चालित छ । त्यसैले यसमा कुनै पनि प्रकारको जोखिम हुँदैन ।

जीटूजी प्रक्रियामा सञ्चालित छ । त्यसैले यसमा कुनै पनि प्रकारको जोखिम हुँदैन ।

यहाँ कार्यरत नेपाली दिदीबहिनीहरू रोजगारदाताकै सल्लाहमा यहाँका सेवा सुविधाहरु लिने क्रममा दूतावासमा कागजात मिलाउन आउनुहुन्छ । उहाँहरू सबै जना आफूलाई निकै राम्रो भएको पनि बताउनुहुन्छ । निकै खुसी देखिनुहुन्छ । 

एक्जुलरी वर्कर र केयर गिभरमा फरक छ । एक्जुलरी वर्करलाई ठ्याक्कै बुझाउन गाह्रो भएकाले केयर गिभरको नाम दिइएको हो ।

एक्जुलरी वर्कर भन्नाले यहाँको पीबाको समन्वयमा परराष्ट्र मन्त्रालयदेखि श्रम मन्त्रालयको निगरानीमा उहाँहरू आउनुभएको हो । त्यसैले यसको बीचमा कुनै पनि बिचौलिया तथा गैर नाफामूलक संस्थाहरु आबद्ध हुन पाउँदैनन् । यो जीटूजी प्रक्रियामा सञ्चालित छ । त्यसैले यसमा कुनै पनि प्रकारको जोखिम हुँदैन ।

यहाँबाट जानुभएका श्रमिक बिरामी भएमा, दुर्घटना भएमा अथवा कुनै भवितव्य परेमा उपचार वा अन्य खर्च कसले गर्ने व्यवस्था छ ?

यहाँ आउनासाथ उहाँहरूको सरकारले बिमा गराउँछ । तर इजरायलमा बिमा हुने भए नेपालमा किन बिमा गर्ने भन्ने पनि प्रश्न गर्नुहुन्छ । तर इजरायलमा आउनेहरूका लागि मात्र नभएर जुनसुकै देशमा जानको लागि पनि नेपालमा बिमा गर्नुपर्ने पुरानै नियम हो ।

बिमा भएपछि एकदमै कम शुल्कमा उपचार हुन्छ । धेरै राम्रो उपचार हुन्छ । उपचार गर्ने बेला पनि रोजगारदाताले नै हेरचाह गरेर गर्ने गरेको पाइएको छ । अब त झन् सरकारकै मातहतमा आएपछि सरकारले नै हेरिहाल्छ ।

नेपालमा बिमा गर्दा पनि उहाँहरूलाई नै फाइदा हुन्छ । श्रम अवधिभित्र केही भएमा त्यसको क्षतिपूर्ति उहाँले नेपालको वैदेशिक रोजगार बोर्डबाट पनि पाउन सक्नुहुने भयो । यस्तै इजरायलमा बिमा नगरीकन बस्न पाइँदैन ।

बिमा भएपछि एकदमै कम शुल्कमा उपचार हुन्छ । धेरै राम्रो उपचार हुन्छ । उपचार गर्ने बेला पनि रोजगारदाताले नै हेरचाह गरेर गर्ने गरेको पाइएको छ । अब त झन् सरकारकै मातहतमा आएपछि सरकारले नै हेरिहाल्छ ।

अब इजरायलको श्रम बजारमा थप रोजगारीको सम्भावना के कस्तो छ ? केयर गिभिङबाहेक अरू कुन कुन क्षेत्रमा नेपाली श्रमिकहरू जान पाउलान् ? 

हामीले सबै क्षेत्रमा खुला गरिसक्यौँ । यो एउटा सुनौलो अवसर हो । नेपाल र इजरायलको सम्बन्ध उच्च स्तरमा पुर्‍याउन सफल भएका छौँ । अघिल्लो वर्षको सेप्टेम्बर ३० मा मैले र यहाँको परराष्ट्रमन्त्रीले एक छाता सम्झौतामा हस्ताक्षर गरेका थियौँ ।

इजरायलको श्रम बजारमा नेपाली श्रमिकहरू कुनै पनि क्षेत्रमा आउन पाउने गरी गरिएको खुल्ला सम्झौता हो । त्यसमा केयर गिभरमा मात्र होइन इजरायललाई आवश्यक परेका क्षेत्रमा आउन पाउने सम्झौता हो ।

इजरायल सरकारले कुनै पनि श्रमिकलाई शोषण गरेको र उनीहरूलाई हक अधिकारबाट वञ्चित गरेको रुचाउँदैन । उनीहरूको श्रम कानुन धेरै बलियो छ ।

त्यसैले त्यही सम्झौतामा रहेर हामीले पहिलो चरणमा एक्जुलरी वर्कर आउने वातावरण बनाएका हौँ । हामीले सकारात्मक रूपमा यसलाई लिन सक्यौँ भने ढोका खुला छ । निर्माण, कृषिको क्षेत्रमा हामीले कोसिस गरिरहेका छौँ । तर पहिला एक्जुलरी वर्करको सन्देश नै राम्रो जानु पर्‍यो । 

नेपालमा केही मिडियाहरूले इजरायल रोजगारी सम्बन्धी केही गलत सूचना सम्प्रेषण गरेको पाइएको छ । यहाँको सरकारले यस्ता कुरालाई ‘सिरियस्ली’ लिने गर्छ । इजरायल सरकारले कुनै पनि श्रमिकलाई शोषण गरेको र उनीहरूलाई हक अधिकारबाट वञ्चित गरेको रुचाउँदैन । उनीहरूको श्रम कानुन धेरै बलियो छ । त्यसैले श्रमिकलाई शोषण गरेको ठान्छ भने ठिक छ हामी यो प्रोजेक्ट फिर्ता लिन्छौँ, यो प्रोजेक्ट बन्द गर्छु भन्न सक्छ । एक दशक पछि खुला भएको यो रोजगारी फेरि बन्द हुनसक्छ । 

भाडा दरका कुरालाई लिएर ठुलो बहस गर्दा यहाँको सरकारले पारदर्शिताको प्रश्न उठाउँदै फेरि सम्झौता रद्द गर्न पनि सक्छ ।

हामीले सबै देशलाई एउटै श्रेणीमा राखेर हेर्नु हुँदैन । युरोपलाई हेर्ने दृष्टिकोण, मध्यपूर्वलाई हेर्ने दृष्टिकोण तथा अमेरिकालाई हेर्ने दृष्टिकोण एउटै हुँदैन । एउटै क्षेत्र एसियामा पनि देश गत रूपमा फरक फरक हुन्छ । त्यसैले यसलाई ठुलो मुद्दा बनाउनुपर्छ भन्ने लाग्दैन । 

यसअघि पनि पारदर्शिता नभएर नै नेपाली श्रमिक ल्याउन इजरायलले रोकेको थियो । केही सङ्घसंस्थाबाट इजरायलमा नेपाली श्रमिकहरू शोषित भए भन्ने कुराहरू बाहिर आए । त्यसपछि पारदर्शिता भएन भनेर रोकिएको हो । अहिले पनि सबै पारदर्शिता हुनुपर्छ भनेर उल्लेख गरिएको छ ।

कुनै पनि श्रमिक इजरायलसम्म आउनको लागि कुन एयरलाइन्सबाट आउन चाहनुहुन्छ, त्यहीअनुसार भाडाको दर लिने हो । त्यो भाडा श्रमिकले नै तिर्ने हो । त्यही भएर भाडा दरका कुरालाई लिएर ठुलो बहस गर्दा यहाँको सरकारले पारदर्शिताको प्रश्न उठाउँदै फेरि सम्झौता रद्द गर्न पनि सक्छ ।

जसरी नेपाल सरकारले शून्य लागतमा पठाउने नीति लिएको छ, त्यसरी नै इजरायलमा पनि श्रमिक पठाउने गरी सम्झौता किन गर्न सकिएन ?

सरकारले त्यस्तो नीति लिएको राम्रो हो । त्यो नियम यस्तो देशहरूको लागि थियो कि जहाँ श्रमिकहरूलाई पीडा हुन्छ, अनेक समस्यामा पर्छन्, आदि । तर इजरायलमा त्यस्तो अवस्था छैन । 

यहाँ तलब नै यति धेरै छ कि, महिनाको १६ सय डलर पाउनुहुन्छ । ओभर टाइम गर्नुभयो भने दुई घण्टाको लागि एक सय २५ प्रतिशत बढी पाउनुहुन्छ । अनि दुई घण्टा पछिकोमा एक सय ५० प्रतिशतको दरले ओभरटाइम तलब पाउनुहुन्छ । यहाँ महिनामा एक लाख ७० हजार रुपैयाँभन्दा माथि नै कमाउनुहुन्छ ।

कतिपय केयर गिभर नेपाली दिदी बहिनी दाजुभाइहरुले महिनामा तीन लाख रुपैयाँ भन्दा बढी पनि कमाउनुभएको छ । उहाँहरूले काम सकेर घर फर्किएपछि त्यहाँ गएर घर बनाउनुभएको छ, व्यापार व्यवसाय थाल्नुभएको छ । इजरायलमा रहँदा कतिपयले निकै डोनेसन दिनुभएको छ ।

कोरोना महामारीकै बेला पनि नेपालमा डोनेसन पठाउनुभएको छ । यो हवाई भाडा खास महँगो होइन भनेर उहाँहरू आफैले पनि भन्नुभएको छ । एक महिना काम गरेरै हवाई भाडा उठाउन सक्छौँ भन्नुभएको छ । मान्छेहरूले पहिले १० लाख रुपैयाँ तिरेर आइरहेका थिए । अहिले त यो निकै कम रकम हो । यस्तै मानिसहरूले अहिले पनि १० लाख रुपैयाँ तिरेमा इजरायल जान पाइन्छ भन्ने अफवाह फैलाइरहेका छन् ।  तर त्यसो केही होइन, त्यो भ्रम हो । ठगी गर्ने मनसाय भएकाहरूका काम हुन् ।

अरू देशको लागि त भिसा खर्च पनि लिनुभएको छ, तर त्यसमा हामी सफल भयौँ । कमसेकम भिसाको खर्च त तपाईँहरू दिनुस् भनेर गरेको हाम्रो आग्रहलाई उहाँले बुझ्नुभयो । 

हामीले यस विषयमा निकै छलफल गरेका छौँ । दुवै देशका दूतावास, श्रम, परराष्ट्र, कानुन, स्वास्थ्य मन्त्रालयका उच्च स्तरका कर्मचारीहरू सबै बसेर घनिभूत रूपमा बैठक बसेका छौँ । हामीले टिकट खर्च पनि दिलाइदिनको लागि पनि आग्रह नगरको होइन ।

अरू देशको लागि त भिसा खर्च पनि लिनुभएको छ, तर त्यसमा हामी सफल भयौँ । कमसेकम भिसाको खर्च त तपाईँहरू दिनुस् भनेर गरेको हाम्रो आग्रहलाई उहाँले बुझ्नुभयो । 

तर उहाँहरू अर्थात् इजरायली पक्षले सबै देशको लागि टिकट सम्बन्धी एउटै नियम हुने भन्नुभयो ।  यस्तै टिकट खर्च आफूले बेहोर्नु परेमा अरू देशबाट श्रमिक ल्याउँछौँ भन्नुभयो । त्यसैले यो कुरामा अल्झेर लामो समयसम्म रोकिएर बल्लतल्ल खुलेको रोजगारीलाई फेरि बन्द गर्ने कुरा थिएन ।

उहाँहरूले अरू देशको लागि त भिसा खर्च पनि लिनुभएको छ, तर त्यसमा हामी सफल भयौँ । कमसेकम भिसाको खर्च त तपाईँहरू दिनुस् भनेर गरेको हाम्रो आग्रहलाई उहाँले बुझ्नुभयो । 

जे भए पनि हामीले इजरायलका सर्तहरू पनि मान्नुपर्ने बाध्यता थियो नै । नेपालमा रोजगारी पर्याप्त भएको भए त विदेशमा श्रम बेच्न आउनु नै पर्ने थिएन । स्वदेशमा नै रोजगारी हुने थियो । बाध्यताका कारणले विवशताका कारणले मात्रै आउन खोज्नुभएको हो ।

त्यसैले कोही आउन चाहनुहुन्छ भने उहाँहरूको चाहनामा हामी बाधक बन्ने त होइन नि । हामीले त अवसर पो दिलाउने हो । जसले भाडा तिर्न सक्नुहुन्न उहाँ आउनुहुन्न, जसले तिर्न सक्नुहुन्छ, उहाँ आउनुहुन्छ । हामीले रोक्नु त भएन । तर यी साना कुरालाई इस्यु बनायो भने इजरायलले नै रोकिदिन्छ कि भन्ने डर छ । एक दशकपछि खुलेको यो प्रोजेक्टमा नेपालसँग काम गर्न अप्ठेरो भयो भन्दै अरू देशबाट श्रमिक मगाउँछ कि भन्ने चिन्ता लाग्न थालेको छ मलाई ।

त्यसैले, सबै कुरा अध्ययन गरेर मात्रै मिडियाले समाचार सम्प्रेषण गर्नुपर्छ, किनकि यसले धेरै कुरा निर्धारण गर्छ । एउटा गलत समाचारले दुई देशबीचको सम्बन्धमा पनि दरार ल्याउन सक्ने हुन्छ । यस्तै ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट अन्तर्गत कृषिमा पाँच सय जना नेपाली विद्यार्थी आउनुभएको छ ।

काम र कमाइ तथा सिकाइ सबै कुरामा इजरायलको रोजगारी नेपाली श्रमिकको लागि निकै राम्रो छ । त्यसैले यसलाई निरन्तरता दिनुपर्छ भन्ने हो । यसको लागि पारदर्शिता हुनुपर्छ ।

उहाँले पनि पैसा तिरेरै आउनुभएको हो । त्यसैले यो नेपालको लागि मात्र नभएर सबै देशको लागि इजरायलले गर्ने यही हो । त्यसैले नेपाललाई स्वीकार्य छ भने अगाडि बढाउने हो, नेपाललाई स्वीकार्य छैन भने जुन ठिक लाग्छ त्यही आधारमा अगाडि बढ्नुपर्छ ।

एक दशक पछि नेपाली श्रमिकका लागि खुलेको इजरायलको श्रम बजार फेरि बन्द होला की भन्ने ठुलो चिन्ता छ मलाई ।

काम र कमाइ तथा सिकाइ सबै कुरामा इजरायलको रोजगारी नेपाली श्रमिकको लागि निकै राम्रो छ । त्यसैले यसलाई निरन्तरता दिनुपर्छ भन्ने हो । यसको लागि पारदर्शिता हुनुपर्छ । मिडियामा झुटो कुरा लेख्नुभएन । नभएको कुरा उल्लेख गर्नुभएन ।

नेपालका केही मिडियाले यस्तो गर्दा त्यसको जवाफदेही हामीले हुनुपर्छ । सम्झौता नै रद्द हुनेसम्मकाे अवस्था निम्तिन्छ । यहाँको परराष्ट्र तथा श्रम मन्त्रालयबाट मलाई फोन आइसकेको छ । नेपालस्थित इजरायली दूतावासबाट पनि नेपालमा किन गलत सूचना गइरहेको छ भनेर मलाई नै फोन गरेर भन्नुभएको छ ।

उहाँहरूलाई त्यो नराम्रो लागिसकेको छ । हामीले त लामो समयसम्म बन्द भएको रोजगारीको ढोका खोलेको हो तर यसको टिप्पणी बढी भयो भनेर उहाँहरू रिसाउनुभएको छ । यस्तो हुन दिनुहुँदैन ।

त्यसैले कुन कुरालाई इस्यु बनाउने कुनलाई नबाउने भन्ने कुरालाई हामीले विवेकपूर्ण ढङ्गले हेर्नुपर्यो । यही कारण एक दशक पछि नेपाली श्रमिकका लागि खुलेको इजरायलको श्रम बजार फेरि बन्द होला की भन्ने ठुलो चिन्ता छ मलाई ।

अन्तमा, अहिले इजरायल रोजगारीका लागि जतिले आवेदन दिनुभएको छ या दिनुहुन्छ उहाँहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ ?

यहाँ आउन चाहनेहरूले सबैभन्दा पहिला त एकदमै ध्यान दिएर आवेदन भर्न आग्रह गर्छु । किनभने त्यसमै सम्पूर्ण कुराहरू उल्लेख गरिएको छ । ढाँटेर फरक ब्यहोरा बनाएर आउँछु भन्ने नसोच्नुहोला । नत्र इजरायल आइसकेपछि पनि फुर्काइदिन्छ ।

किनकि इजरायल यस्ता विषयमा निकै सख्त छ । हिब्रु भाषाको ज्ञान सिकेर आए पनि राम्रै हुन्छ । अहिले त अङ्ग्रेजी भाषा सिकेको हुनुपर्ने भनिएको रहेछ । अहिले अस्पतालमा काम गर्नुपर्ने भएकाले त्यसो भनिएको होला । तर साथसाथै हिब्रु भाषाको ज्ञान पनि भए आफैलाई सजिलो हुन्छ । 

एक्जुलरी वर्कर भनेपछि त्यति सजिलो पनि होइन, केयर गिभरको भन्दा अलिकति फरक छ । वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरूको हेरचाह गर्नुपर्ने भएकाले आफू सेवा गर्न जाँदै छु भन्ने सोचेर आउनुपर्ने हुन्छ । 

यस्तै इजरायलको कानुन पनि अलिकति बुझेर आउनुहोला भन्न चाहन्छु । यस्तै सेवा गर्ने भन्ने मनसाय लिएर आउनुहोला । इजरायलीहरूलाई परिश्रम गरेको, मेहनत गरेको मन पर्छ । किनकि इजरायल देश बनेको नै परिश्रमी नागरिकका कारण हो । नत्र ७० वर्षमा यति धेरै प्रगति गर्न सक्दैनथ्यो होला ।

द्ध वृद्धा तथा अशक्त व्यक्तिहरूको हेरचाह गर्नुपर्ने भएकाले आफू सेवा गर्न जाँदै छु भन्ने सोचेर आउनुपर्ने हुन्छ । 

आफ्नो देशको लागि आफैले गर्ने हो भन्ने मान्यता राख्छन् यहाँको नागरिक । सरकारलाई मात्रै दोष दिँदैनन् । यहाँको नागरिकको यस्तो संस्कृति छ । त्यसैले यहाँ आउनेहरूले पनि मेहनत गर्नुपर्छ, सेवा भावनाले आउनुहोला । मेहनत गरेमा आफ्नै प्रगति हुने हो । धेरै कुरा सिक्न पनि पाउनुहुन्छ ।

एक्जुलरी वर्कर भनेपछि त्यति सजिलो पनि होइन, केयर गिभरको भन्दा अलिकति फरक छ । वृद्ध वृद्धा तथा अशक्त व्यक्तिहरूको हेरचाह गर्नुपर्ने भएकाले आफू सेवा गर्न जाँदै छु भन्ने सोचेर आउनुपर्ने हुन्छ । 

म आफै पनि उहाँहरूलाई लिन विमानस्थलसम्म जान्छु । यहाँ आइसकेपछि दूतावासले अभिमुखीकरण तालिम पनि राख्छ । त्यसपछि उहाँहरूलाई सम्बन्धित ठाउँमा पुराइन्छ ।

इजरायल रोजगारीको विविध पक्ष समेटिएको कार्यक्रम देश परदेशकाे अंक ४७५

अन्तिम अपडेट: चैत १५, २०८०

3 Comments

  • Putali sherpa

    Aug. 4, 2021, 8:48 p.m.

    Nepal

  •  0 Reply
  • Ramesh chaudhary

    Aug. 4, 2021, 8:06 a.m.

    मलाई यो राम्रो लाग्यो , हामी नेपाली दाजुभाइ, दिदीबहिनीका लागि राम्रो हो /

  •  0 Reply
  • Bayan sing rai

    Aug. 4, 2021, 12:04 a.m.

    म अहिले कतार आएको ४ वर्ष भयो , मेरो काम वायरहाउस कम्पनीमा छ / तलव ३६ हजार ..यो पैसाले मैले नेपालमा मेरो परिवारको रासनपानी , स्कुल खर्च पुर्याउनुपर्छ / यदि यो मौका सरकारले दिन्छ भने , मसंग अझै काम गर्ने हिम्मत र शक्ति छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया