सन्दीपले लिए कप्तान मुस्तफाकाे विकेट

 भदौ १४, २०७५ बिहीबार ८:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दई विकेट लिएको छ ।

नेपालले १२.१ ओभरमा युएईको पहिलो विकेट लिएको हो । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिएका हुन् । बसन्तले अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराए ।

यस्तै १३.१ अाभरमा सन्दीप लामिछानेले दाेस्राे विकेट लिए । उनले यूएईका कप्तान राेहन मुस्तफालाई १ रनमै अाउट गराउन सफल भए ।

नेपाल र यूएईबीचको खेल मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा हुँदैछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दबाबमा छ ।

समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया