ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको...
पुस ८, २०८१ सोमबार
दाङ – जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा मोटोपना देखिएपछि उनीहरूलाई अतिरिक्त शारीरिक व्यायाम र दैनिक कसरत गराउन थालेको छ । शारीरिक रूपमा मोटा देखिने प्रहरीका माथिल्लो तहका अधिकारीदेखि जवान सबैलाई दैनिक दौडाउन सुरु गरिएको छ ।
आफू जिल्ला आएदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले बताउनुुभयो ।
मोटा प्रहरी सबैलाई बिहानको दौड अनिवार्य गरिएको छ । शारीरिक रूपमा चुस्त र छरितो हुनुपर्ने नेपाल प्रहरीका कर्मचारीमा मोटोपना बढ्दै गएकोप्रति सङ्गठनभित्रै चिन्ता बढेकाले आफैँबाट यस्तो सुरु गरेको एसपी काफ्लेकाे भनाइ छ ।
दाङका विभिन्न ठाउँमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाउने योजना रहेको एसपी काफ्लेले बताउनुुभयो । दैनिक अभ्यासले फिट भएपछि ती प्रहरीलाई फेरि सम्बन्धित कार्य क्षेत्रमै खटाइने उहाँले जानकारी दिनुुभयो । केही प्रहरीमा अस्वाभाविक मोटोपना देखिएकाले राम्रोसँग हिँड्न पनि नसक्ने अवस्था रहेको एसपी काफ्लले बताउनुुहुन्छ ।
‘जो आफैँ राम्रोसँग हिँड्न सक्दैनन्, उनीहरूलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो’ , उहाँले भन्नुुभयो ।
दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डीएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरी दौडिन र व्यायाम गर्न थालेका छन् । डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार ड्युटीमा रहेका प्रहरीबाहेक अरू सबै एक घण्टा दौडिन सुरू गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।