सप्तरीमा एक जना मृत फेला, हत्याको आशङ्का

 साउन २०, २०७८ बुधबार १३:२६:४७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको ज्यान गएकाे घटनाको एक हप्ता नबित्दै सप्तरीमा फेरि अर्का दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ । सप्तरीको खडक नगरपालिका –३ गरुराहा टोलमा आज बिहान स्थानीय मुक्ति रामका २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएका हुन् ।

घरदेखि झण्डै ५० मिटरको दुरीमा नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएका प्रहरीले जनाएकाे छ । हिजो साँझ नै घरबाट निस्किनुभएका श्यामसुन्दर रातभरि नआएको र बिहान सडकसँगै रहेको नालामा मृत भेटिएको परिवारजनले बताएका छन् । यता श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको परिवारजनले दाबी गरेका छन् ।

परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी  एव प्रवक्ता माधवप्रसाद काफ्लेले शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताउनुभयो ।

‘प्रारम्भिक अनुसन्धानअनुसार श्यामसुन्दर मदिरा सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, तर पनि पोष्टमार्टम रिर्पोट आएपछि त्यही अनुसार अनुसन्धान अघि बढाउँनेछौं’, उहाँले भन्नुभयो ।

मृतक श्यामसुन्दरका पत्नी र साढे दुई वर्षीया छोरी छन् । अहिले मृतकको शव पोष्टमार्टमका लागि राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया