शेयर बजार लगातार चौथो दिन पनि बढ्यो, साढे १५ अर्ब रुपैयाँको कारोबार

 साउन २०, २०७८ बुधबार १५:२०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको चौथो दिन पनि शेयर बजार बढेको छ । आज नेप्से १२ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार एक सय २३ दशमलव १५ विन्दुमा पुगेको छ ।

जलविद्युत् समूहको शेयर आज पनि उत्साहजनक रूपमा बढेकाे छ । आज जलविद्युत् समूहको शेयर एक सय ९४ अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ६५ अङ्कले, उत्पादनको २५, फाइनान्स समूहको ४४ र बैंकिङ समूहको साढे चार अङ्कले बढेको छ ।

आज माइक्रोफाइनान्स समुहको शेयर एक सय २५ र निर्जीवन बीमा समूहको शेयर ८३ अङ्कले घटेको छ । यस्तै होटलको आठ र जीवन बीमा समूहको शेयर तीन अङ्कले घटेको छ ।

आज दुई सय २५ कम्पनीका दुई करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन् । आज अपी पावरकाे झन्डै ८० कराेड रुपैयाँ बराबरकाे शेयर किनबेच भएकाे छ । 

आज अपी पावर, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, कालिका पावर, माथिल्लो तामाकोशी, युनियन लाइफ र  जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेपनि ङादी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै साढे पाँच प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया