आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 साउन २१, २०७८ बिहीबार ८:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज  प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार यी प्रदेशका केही ठाउँमा दिउँसो पछि ठूलो वर्षाको सम्भावना छ भने अन्य क्षेत्रमा हल्कादेखि मध्यम खालको पानी पर्नेछ । मनसुन थप सक्रिय नभएकाले धेरै ठाउँमा तत्काल ठूलो पानी नपर्ने मौसमविद्ले बताएका छन् ।

अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली छ । काठमाण्डौ उपत्यकाका दिउँसो पछि हल्कादेखि सामान्य खालको वर्षा हुने अनुमान छ । मौसमविद्ले बाढी पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया