मास्क लगाउन प्रेरित गर्न 'मास्क अभियान'

 साउन २१, २०७८ बिहिबार १०:५२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आउँदो शनिवारदेखि मास्क अभियान सञ्चालन गर्ने भएको छ । 

कोराेना भाइरसको सङ्क्रमण फेरि फैलिन थालेसँगै मास्क अनिवार्य रुपमा लगाउन प्रेरित गर्ने उद्देश्यले एक हप्ते अभियान सुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

'महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता' भन्ने नाराका साथ आउँदो शनिवारदेखि सुरु हुने अभियान २९ गतेसम्म चल्ने छ । कोरोना भाइरसको सङ्क्रमण बढिरहे पनि कतिपयले मास्क नलगाउने गरेको पाइए पछि अभियान चलाउन थालिएको हो । 

काठमाण्डौ उपत्यकामा मास्क नलगाउनेलाई कारबाही हुने यसअघि नै चेतावनी दिइसकिएको छ । केही दिनअघि बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मास्क नलगाउनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

मास्कको सही प्रयोग गरे, भौतिक दूरी कायम गरे र खोप लगाए कोरोनाको सम्भावित जोखिमबाट बच्न सकिने विज्ञहरुले भन्दै आएका छन् । पछिल्लो समय कोरोनाको सङ्क्रमण फेरि बढेसँगै स्वास्थ्य मन्त्रालयले मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया