नेपाल मिडिया अवार्ड आयाेजना हुँदै

 साउन २१, २०७८ बिहीबार २०:७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दोस्रो जनआन्दोलनपछि सञ्चारका माध्यममा व्यापक वृद्धि भएको छ । केही वर्षअघिसम्म मुख्य धार नमानिने अनलाइन सञ्चारमाध्यमले अहिले आफ्नै परिचय बनाउँदै लगेका छन् । समग्रमा अहिले नेपालको मिडियामा लोभ लाग्ने परिवर्तन देखिइरहेका छन् ।

नेपालको मिडिया क्षेत्रमा देखिइरहेका यिनै परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले 'मिडिया अवार्ड' गर्ने निर्णय गरेको छ । 'नेपाल मिडिया अवार्ड २०७८' नाममा निकट भविष्यमै हुन गइरहेको यो अवार्डले मिडियाका विविध स्वरूप र विधालाई समेटेर अवार्ड कार्यक्रम गर्न लागेको हो । 

रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटेर गरिने अवार्ड 'सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ हुन लागेको आयोजक ड्रिम हाई नेपालका अध्यक्ष कमल जिसीले बताउनुभयाे । 

निकट भविष्यमै हुन लागेको यो अवार्डमा सञ्चार माध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाकाे सूची तयार गरी मनोनयन सार्वजनिक गर्ने जिसीको भनाइ छ । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्याङ्कन गरी विजेताको घोषणा गरिने आयोजकको भनाइ छ । 

नेपालमा मिडिया क्षेत्रलाई समेटेर पहिलो पटक अवार्ड हुन लागेको हो । 

सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले यसअघि नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम 'अनमोल इभ’ र यही वर्ष फिल्म प्राविधिकहरूको संस्था नेपाल फिल्म प्राविधिक सङ्घले गर्दै आएको 'नेफ्टा’ अवार्ड आयोजना गरेको थियो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया