देशका विभिन्न ११ ओटा सडक अझै अवरुद्ध, जिरोकिलोदेखि मेलम्ची जाने सडक पनि भत्कियो

 साउन २२, २०७८ शुक्रबार ९:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – बाढी पहिरोका कारण देशका विभिन्न ठाउँका ११ सडकखण्ड अझै ठप्प छन् । बाढी पहिरोले एक सय ६० सडकमा क्षति पुर्याएकोमा ५३ वटा सडकखण्ड दुईतर्फी खुलेका छन् भने ९६ सडक एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । तर, ११ वटा सडकखण्डमा भने धेरै ठाउँमा क्षति भएको र भौगोलिक विकट क्षेत्रका कारण पनि खुलाउन समस्या भएको सडक विभागले जनाएको छ ।

सबैभन्दा धेरै लमजुङको डुम्र्रे बेंसीशहर–चामे सडकमा समस्या देखिएको छ । यो सडकखण्ड लामो समयदेखि बन्द छ । त्यहाँको तिमाङ छहरा, धारापानी, बगरछाप, रामबजार, अर्खले र तिमाङखोला गरी ६ ठाउँमा ठूलो क्षति पुगेको हुँदा सडक खुलाउन कठिन भएको विभागले जनाएको छ ।

यसैगरी अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल क्षेत्रमा सडक पनि ठप्प छ । यस्तै, ठोरी–रसुवागडी सडकखण्डको त्रिशूली, सानो भार्खु, गाँजाबारी मैथली खण्डमा धेरै नोक्सानी पुगेको छ । यस्तै सुर्खेत–गमगडी सडकको कालिकोटको हुल्ममा पुर्याएको क्षतिका कारण सडक ठप्प छ । सडक विभागले सडक खुलाउन र यातायातलाई सहज बनाउन मर्मत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखेर काम गरिरहेको बताए पनि भागोलिक विकटताका कारण समस्या भएको छ ।

जिरो किलोदेखि मेलम्चीसम्मको सडक पनि भत्कियो

अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको मेलम्ची जाने सडकलाई बाढीले कटान गरेको छ । गएको १६ गतेदेखि मेलम्चीमा आएको बाढीको कटान अझै रोकिएको छैन । गएराति बाढीले सडक कटान गर्दा अरनिको राजमार्ग अन्तरगतको जिरोकिलो हुँदै मेलम्ची जाने मुख्य सडकखण्ड भत्किएको छ । यसले गर्दा त्यहाँको जनजीवन झन् कष्ठकर बनेको छ ।

बाढीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, ईन्द्रावती गाउँपालिकाको सडक अस्तव्यस्त पारेको छ । यसअघि जिरोकिलोबाट मेलम्चीसम्मको सडकमा क्षति नभए पनि गएरातिको बाढीले नोक्सानी गरेको हो । यो सडक भासिएसँगै अब मेलम्चीबाट काठमाण्डौ आवतजावतका लागि काठमाण्डौको साँखुको वैकल्पिक सडक प्रयोग गर्नु पर्नेछ ।
 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया