न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले प्रधानमन्त्री देउवालाई प्रतिवेदन बुझायो

 साउन २२, २०७८ शुक्रबार १२:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठन भएको कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । कार्यदलले साझा कार्यक्रमलाई हिजो अन्तिम रुप दिएको थियो ।

सरकारले गर्ने काम र सरकारको प्राथमिकता निर्धारण गरिएको न्यूनतम साझा कार्यक्रमअनुसार सरकार सञ्चालन गर्ने पाँच दल आबद्ध गठबन्धनको तयारी छ । त्यसैअनुसार सरकारको योजना, गर्ने काम र सरकारको प्राथमिकता समेटेर साझा कार्यक्रम तयार पारिएको हो । साझा कार्यक्रममा कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखिएको छ ।

कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रमको प्रस्तावमा गठबन्धनको सम्बन्धलाई बलियो र दिगो बनाएर आउँदो चुनावसम्म अघि बढाइने भनिएको छ । यसैगरी विगतको पाठ र अनुभवबाट पाठ सिक्दै संसदलाई पूर्ण कार्यकाल सञ्चालन गर्ने योजना पनि कार्यक्रममा उल्लेख छ । यसैगरी सरकार सञ्चालनका लागि शीर्ष तहको छलफल र सहमतिबाट उच्च स्तरीय संयन्त्र बनाउन सकिने विषय पनि कार्यदलले तयार बनाएको न्यूनतम साझा कार्यक्रमको प्रस्तावनामा उल्लेख छ ।

पाँच राजनीतिक दल आबद्ध सत्ता गठबन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेको थियो । प्रतिवेदनमाथि शीर्ष नेताले छलफल गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया