विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय हुन्छ : प्रधानमन्त्री देउवा

 साउन २३, २०७८ शनिबार १०:४०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी परीक्षाबारे आवश्यक निर्णय गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवासँगको भेटमा आफूहरुले विद्यार्थीलाई अलमलमा नपर्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेको र जवाफमा उहाँले आवश्यक निर्णय गर्ने विश्वास दिलाउनुभएको कांग्रेस नेता गगन थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित नजिक आएका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरिसकेको छ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न सिफारिस गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । कक्षा १२ को परीक्षामा झण्डै चार लाख विद्यार्थी सहभागी हुँदैछन् ।

यसअघि गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले स्थगित गरेको थियो । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया