उन्नत जातका माछाका सबै भुरा मरेपछि पाेखरीकाे पानी परीक्षणका लागि पठाइयाे

 साउन २३, २०७८ शनिबार १६:४:११ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही –  सर्लाहीको हरिवन नगरपालिका-९ मारहेको एक माछा  पोखरीमा  माछाका भुरा मरेका छन् । 

जय सन्तोषी कृषि महिला समूहले एक महिना अघिमात्र त्यस पोखरीमा चार लाख रुपैयाँ बराबरको माछाका भुरा छोडेको हरिवन नगरपालिका-९  का वडाध्यक्ष सीताराम पोखरेलले जानकारी दिनुभयो । करिब  १५ कठ्ठा क्षेत्रफलमा फैलिएको पोखरीमा ग्रासकाट, सिल्भर, रोहु, भकुरा जातका माछापालन हुँदै आएको थियोे ।

पोखरीमा धेरै माछा र  घामले पानी तातिरहेको कारण अक्सिजनकाे मात्र कम भएर उन्नत जातको माछा मरेको  हुनसक्ने उहाँले बताउनुभयो । पोखरीमा रहेका अरु स्थानीय जातका माछा, सर्प तथा अन्य कुनै जीवजन्तु भने मरेका छैनन् । स्थानीयले शनिबार दिउँसो  पोखरीमा  माछा मरेको देखेका थिए ।

त्यस पोखरीमा  तीन वर्षदेखि स्थानीय महिला समूहले उन्नत जातको माछापालन गर्दै आएकाे थियाे ।  तयारी अवस्थाका र भुरा माछा गरि करिब  चार लाख रुपैयाँ बराबरको  क्षति भएको सन्तोषी कृषि महिला समूहले ​जनाएकाे छ। मरेका माछा र पोखरीको पानी परीक्षणका लागि ल्याबमा पठाइसकेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया