त्रिविले भन्याे– ‘अहिले चलिरहेका परीक्षा राेकिँदैन’

 साउन २४, २०७८ आइतबार १९:२५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालनमा भइरहेकाे कुनै पनि परीक्षा नराेकिने बताएकाे छ । आइतवार एक सूचना प्रकाशित गर्दै त्रिविले तालिका प्रकाशित गरिसकेका र परीक्षा चलिरहेका स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्कायका भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय गरेको हाे ।   

विद्यार्थीकाे सङ्ख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रक पुष्पराज जाेशीले जानकारी दिनुभएकाे छ ।

‘सेमेस्टर प्रणालीमा थोरै विद्यार्थी छन्, त्यसैले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्रमा अनुरोध गरिएको छ । परीक्षा रोकेर नयाँ प्रणालीमा जाँदा झन् समस्या हुने देखिन्छ’, परीक्षा नियन्त्रक जोशीले भन्नुभयाे । 

यस्तै भदौ ५ पछि कोरोना सङ्क्रमण थप बढ्यो र सरकारले निषेधाज्ञा लगायो भने त्यसपछिका परीक्षा के गर्ने भन्नेबारे पछि नै बैठक गरेर निर्णय गर्ने त्रिविले जनाएको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया