नीति तथा कार्यक्रम : नेपालको आफ्नै भू–उपग्रह स्थापनादेखि ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सम्म (पूर्णपाठ)

 जेठ १, २०८१ मंगलबार १७:४९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ ।

सरकारकाे नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रण मुख्य प्राथमिकतामा राखिएकाे छ । यस्तै रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा जाेड दिइएकाे छ ।

यसैगरी बैंक वित्तीय संस्था र सहकारीका समस्या समाधान, कृषिमा लगानी दशक घाेषणा, पाँच लाख भूमिहीनलाई जग्गा, एक हजार जना युवालाई 'स्टार्टअप' व्यवसाय गर्न सहुलियत कर्जा, बूढीगण्डकी र नलगाडको निर्माण, नेपालको आफ्नै भू–उपग्रह स्थापना, ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लगायत नीति तथा कार्यक्रममा समावेश छ ।

यस्तै सरकारले शिक्षक तथा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने भएकाे छ । आउँदाे दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने घोषणा पनि सरकारले गरेकाे छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया