कांग्रेसकाे अवराेधपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन, दुवै सदनकाे बैठक स्थगित

 जेठ १, २०८१ मंगलबार १८:३७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे अवराेधपछि सङ्घीय संसद्काे दुवै सदनकाे बैठक स्थगित भएकाे छ ।

राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै बसेकाे प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसदले नाराबाजी गर्दै बैठकमा अवराेध गरेका हुन् । याे बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेबापत राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची थियाे । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेस सांसदले नाराबाजी गरी अवराेध गरेसँगै सभामुख देवराज घिमिरेले अर्काे बैठक पर्सि बिहीवार बिहान ११ बजेका लागि बाेलाउनुभएकाे छ ।

कांग्रेसले राष्ट्रिय सभा बैठकमा पनि अवराेध गरेकाे छ । राष्ट्रिय सभामा पनि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेस हुन सकेन । कांग्रेसले अवरोध गरेपछि सभाका अध्यक्ष नारायण दाहालले पर्सि बिहीवारसम्मका लागि बैठक स्थगित गर्नुभएकाे छ ।

संसद्काे दुवै सदनकाे बैठकमा कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समितिको माग गर्दै नाराबाजी गरेकाे हाे । कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सरकारसँग माग गर्दै आएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया