लुम्बिनीका तीन सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

 साउन २५, २०७८ सोमबार १५:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट कारबाहीमा परेका तीन मन्त्रीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारबाहीमा परेका लुम्बिनीका तीन मन्त्रीकाे पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । लुम्बिनीमा महन्थ ठाकुर पक्षका सांसद विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले सांसद पद खारेजीको कारबाही गरेको छ । तीनै जना सरकारमा मन्त्रीसमेत रहेका छन् । 

उनीहरूले पुनर्बहालीको माग गर्दै रिट दर्ता गराएका थिए । तर सर्वोच्चले उनीहरूलाई पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेर १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रदेश सभा सचिवालयलाई आदेश दिएको छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया